काठमाडौं । देशको शान्ति सुरक्षाको अवस्था के छ भन्ने कुराको पुष्टि कैलाली कारागारले स्पष्ट पारिदिएको छ । कैलाली कारागारमा भएको दुई समूह वीच भएको झडपमा एक जनाको ज्यान गएको छ । कारागारमा पटक पटक हुने गरेका यस्ता झडपप्रति गृह मन्त्रालयले चासो नदिँदा विभिन्न काराकारमा झडपका घटनाहरु हुँदै आएका छ् । शुक्रबार रातीदेखि भएको झडप र त्यसपछिको करीव ४९ घण्टाको रमितापछि सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमलबहादुर शाह सुरक्षा व्यवस्था मिलाउन भन्दै कस्किैदीबन्दीबीचको झडप र निरन्तर ४० घन्टाको कब्जाबाट सुरक्षाकर्मीको नियन्त्रणमा आएपछि बल्ल सूदरपश्चिम प्रदेशका मुख्यमन्त्री सुरक्षा व्यवस्था मिलाउने भन्दै कस्सिएका छन् ।
४० घन्टा कैदीबन्दीले कारागार नियन्त्रणमा लिएर राख्दासमेत काठमाडौंमै बसेका मुख्यमन्त्री कमलबहाुदर शाहले आइतबार साँझ सुरक्षा संयन्त्रको बैठक बोलाएर घटनाको विषयमा जानकारी लिएको बताइएको छ ।
कानुन मन्त्रीसहित सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्मर विक, सशस्त्र प्रहरी प्रमुख प्रदीप पाल, नेपाली सेनाका पृतनापति प्रकाश देउजा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल अनुसन्धानका प्रदेश प्रमुखसहितका अधिकारीहरूको बैठक बसेको हो । बैठकले सुरक्षा व्यवस्था थप चुस्त बनाउने र आगामी दिनमा घटना हुन नदिन सबै उपाय लगाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्रीले घटनाको विषयमा निकै चासो राखेको दाबी गरे पनि उनी स्वयं भने यस अवधिभर काठमाडौंमै थिए ।
‘मुख्यमन्त्री काठमाडौंमा भए पनि संघीय गृहमन्त्रीलाई भेटेरै घटनाको विषयमा जानकारी गराएको र सुरक्षा संयन्त्र परिचालनमा सहयोग र समन्वय गरेको बताइएको छ ।


Add Comment