काठमाडौं । पछिल्लो समय बैकहरु बदनाम हुँदै गईरहेका छन् । कुनै वैक ऋण असुलीमा सेवाग्राहीलाई धम्की दिए बदनाम कमाउँदै छन् । कोही नियम विपरित घरजग्गा लिलामी गरी आफ्नो मुठ्ठीमा पार्ने मनसाय लिएर हुने गरेका विवादले । अहिले महालक्ष्मी विकास बैकका कर्मचारीहरुको मिलेमतोमा २ करोड ८२ लाख भन्दा बढी रकम हिनामिना भएपछि क्रमश बैकहरु बदनाम हुन थालेका हुन् । महालक्ष्मी विकास बैङ्क लिमिटेडको गोकुलेश्वर शाखाबाट दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैयाँ उनन्तीस पैसा हिनामिना भएको देखिएपछि सो रकम अपचलन गरेको भन्दै बैङ्कका तत्कालीन चार जना कर्मचारी पक्राउ परेका छन्।
महालक्ष्मी विकास बैङ्कको पत्र जाहेरीसहित प्राप्त कागजात र बैङ्क विवरणको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरू घटनामा संलग्न देखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–९ घर भई नगद विभागमा तत्कालीन कार्यरत २९ वर्षीया निर्मला साउँद, बैतडी पुर्चौडी नगरपालिका३ घर भई ग्राहक सहायता कक्षमा तत्कालीन कार्यरत २८ वर्षीय अम्बादत्त पन्त, डोटी स्थायी घर भई हाल कैलाली भजनी नगरपालिका(७ बसोबास गर्दै शाखा प्रबन्धकका रूपमा कार्यरत ३५ वर्षीय सागर शाही र दार्चुला लेकम गाउँपालिका(१ घर भई कर्जा विभागमा तत्कालीन कार्यरत ३१ वर्षीय धनञ्जय पन्त रहेका छन्।
केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले निलम्बन गरेर पक्राउका लागि प्रहरीलाई जाहेरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले मिति २०८२ साउन २४ गते उनीहरूलाई पक्राउ गरी बैङ्किङ कसुर मुद्दा दर्ता गरेको छ।
जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
बैंकले गरेको आन्तरिक अनुसन्धानबाट ती कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो ।
चारैजनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेर आवश्यक कारबाहीका लागि प्रहरीको सहयोग खोजेको थियो ।


Add Comment