समस्याको समाधान देशभित्र गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल

काठमाडौं । जेनजी आन्दोलनका कारण केपी ओलीको सत्ता सडकमा आईपुगेको छ । केपी ओलीको दम्भका कारण जेनजीको शान्तिपूर्ण आन्दोलनमा नरसंहार गरेको २४ घण्टा पनि वित्न नपाउँदै बालुवाटारबाट ओली भाग्नु परेको छ । मुलुकको अवस्था जटिल बन्दै गएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा देश भित्रबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
पूर्वराजा शाहको संवाद सचिवालय मंगलबार विज्ञप्ति जारी गर्दै पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक कसैको घुसपैठ नहोस् भन्ने धारणा राखेका छन् ।

विज्ञप्तिमा भनिएको छ, युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुखद एवं निन्दनीय कार्य भएको छ। यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ ।

पूर्वराजा शाहले जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद एवं निन्दनीय कार्य भएको बताए।