एमालेमा हिटलर प्रबृत्ति, ओलीले नै तह लगाउने भए माधवलाई

काठमाडौं । सर्वोच्चले नेकपा ऋषि कट्टेलको भएको फैसला गरे पछि एकीकृत भनिएको नेकपा पूर्व एमाले र पूर्व माओवादीकै रुपमा फर्किएपछि एमालेमा ओलीलाई हिटलरको संज्ञा दिन थालिएको छ ।

ओलीले संसद विघटन गरेपछि पुष्पकमल दाहालको पछि लागेका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेपछि एमालेभित्र चर्को बहस चलेको देखिन्छ ।

एमालेभित्र झलनाथ खनाललाई तह लगाउने एक मात्र नेताका रुपमा अव केपी ओलीलाई लिन थालिएको छ । भाषणमा उखान टुक्का भनेरै भएपनि आफ्नो अडानलाई कायम राख्ने र आफूले भनेको कुरालाई जसरी हुन्छ गराएरै छाड्ने भएकाले पनि ओलीले नै एमालेलाई सहज अवतरण गराउने र अन्य नेताहरुलाई तह लगाउने एमाले कार्यकर्ताहरुको बुझाई छ ।

ओलीले अहिले जे गरिरहेका छन् ती सवै अन्त्यन्तै उपयुक्त समयमा गरेको र मुलुकलाई अहिलेको अवस्थामा आवश्यक नेता पनि ओली नै भएको पूर्व केही माओवादीहरुको समेत बुझाई रहेको देखिन्छ । ओलीले संसद विघटन गरेर संविधान विपरित कार्य गरेको भएपनि एमाले जोगाउनका लागि ओलीको विकल्प समेत नभएको बताउन थालिएको छ।