दोलखाको मेलुङ गाउँपालिकामा एमालेका हीराकुमार निर्वाचित

काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचितभएका छन् । थोकरले ४ हजार ४४२ मत प्राप्त गरेका छन् , भने उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समावजादीका रवीन्द्र कार्कीले २ हजार सात सय तिन मत प्राप्त गरेका छन् ।

उक्त गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित एमालेका आचार्यले ४ हजार १४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका भक्तबहादुर तामाङले २ हजार १७५ मत प्राप्त गर्न सफल भएका छन् ।

सातवटा वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडामा वडाअध्यक्षसहित सिङ्गो प्यानल नै निर्वाचित भएको छ । गठबन्धनबाट तीन वडामध्ये समाजवादीले वडा नं २, माओवादीले वडा नं ५ र ६ मा विजयी भएको छ ।