कैलालीमन १४ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा चुरे गाउँपालिका ६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्ट रहेका छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएका थिए । उनीलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई जबरजस्ती गर्ने बिष्टलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।