Latest Articles

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोला ५०० ले बढेर १ लाख २ हजार ५०० मा कारोबार भएको छ । पहेँलो धातु हिजो तोलामा १ लाख २ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार...

रञ्चुलाको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा ७ जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिइएका छन् ।

जिल्ला प्रहरी...

पाँचथरमा घरको शिलान्यास गर्दा एक जनाको मृत्यु

काठमाडौँ । पाँचथरको सदरमुकाम फिदिममा घरको शिलान्यास गर्दा पुरिएर एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं १ बजारमा घरको शिलान्यास गर्ने क्रममा माथिपटीको सेप्टी ट्याङ्कीसहितको पहिरोले पुरिएर गोपाल ढुङगानाको मृत्यु...

आवश्यक समन्वय र सहजीकरण गर्ने, निर्वाचन सञ्चालन केन्द्रको स्थापना

काठमाडौँ । स्थानीय निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना हुँदैछ ।

निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको...

एसईईको परीक्षा वैशाख ९ गतेबाट, सबैभन्दा धेरै केन्द्र काठमाडौँमा

काठमाडौँ । एसईईको परीक्षा वैशाख ९ गतेबाट सुरु हुनेभएको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड १९ को सङ्क्रमण बढेपछि २ पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै...

निलम्बित गभर्नर अधिकारी सर्वोच्च गुहार्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी निरन्तर काममा फर्किन सर्वोच्च अदालतमा पुगेका छन् । । अधिकारीले पुनर्बहालीको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत गई गभर्नर आफूमाथिको कारबाही बदर गर्दै...

किशोरीलाई जबरजस्ती करणी गर्ने गगन पक्राउ

काठमाडौँ । बर्दियामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गगन कामीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका ४ घर भएका २५ वर्षीय गगन...

राजनीतिक दलको चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाइने

काठमाडौँ । वैशाख ३० गतेदेखि हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएको छ । चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा...

शिक्षकले छात्रामाथि दुर्व्यवहार गर्दा कलेजमा आगजनी, स्थिति नियन्त्रणमा लिन प्रहरीद्धारा दुई राउण्ड हवाइफायर

काठमाडौँ । नवलपरासीको गैंडाकोटका जनक कलेजमा एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको विरोधमा विद्यार्थीहरूले कलेजमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइफायर गरेको...

भ्रष्टाचार नरोके मुलुक नै सिध्याइदिने सभामुखको चेतावनी

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनीको उद्घाटन गरेका छन् । भ्रष्टाचार देशको गम्भीर समस्या भएको भन्दै प्रतिनिधिसभाका सभामुख सापकोटाले...