Latest Articles

सर्वेक्षण भन्छ : सरकारी कर्मचारी भ्रष्टाचारमा सबैभन्दा धेरै संलग्न रहेको पाइयो

काठमाडौँ । अल्टरनेटिभ फाउन्डेसनले गरेको एक सर्वेक्षणबाट सरकारी कर्मचारी सबैभन्दा धेरै भ्रष्टाचारमा संलग्न रहने गरेको पाइएको छ । फाउन्डेसनले देशभरका सातै प्रदेशमा पुगेर गरेको सर्वेक्षणबाट सरकारी कार्यालयका कर्मचारीबाट...

आकाश, जमिन र समुद्रबाट पनि गाजा स्ट्रिपमा आक्रमण गर्ने इजरायलको तयारी

काठमाडौं । हमास र इजरायलबीच युद्ध सुरु भएको आज ९ दिन पुगिसकेको छ । हालसम्म हमासको आक्रमणबाट इजरायलमा १३ सयले ज्यान गुमाउँदा इजरायली सेनाको हवाई कारबाहीमा गाजापट्टीमा २२ सयको मृत्यु भएको छ ।
यस्तोमा इजरायलको रक्षा बलले...

सर्लाहीका उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड रकम

सर्लाही। सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।
जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा...

२० वर्षपछि निजी विद्यालयलाई सार्वजनिक बनाउनुपर्ने रास्वपाको प्रस्ताव, विधेयकमाथि संशोधन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजी विद्यालय २० वर्षपछि सार्वजनिक विद्यालयमा रुपान्तरण गर्नुपर्ने प्रस्ताव गरेको छ ।  शिक्षा एकैखालको हुनुपर्ने निचोड निकालेर रास्वपाले २० वर्षपछि निजीलाई पनि सरकारीमा रुपान्तरण...

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले शपथ लिँदै, एमालेबाट दुई जना मन्त्री

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको शपथको प्रदेश प्रमुख कार्यालयमा चलिरहेको छ । एमालेका ३९ सांसद र कांग्रेसमा ‘विद्रोह’ गरेका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले एमालेबाट दुई जना मन्त्री...

दसैँघरमा जमरा यसरी राखियो (तस्वीरहरू)

काठमाडौं । हिन्दु नेपालीहरूको महान पर्व बडादसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरिएको छ । बडादसैँको पहिलो दिन आज घरका पूजाकोठा र दसैँघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिएको हो ।
काठमाडौंको...

कोसीका नवनियुक्त मुख्यमन्त्री र केपी ओलीबिच भेट, के-के भयो कुराकानी ?

काठमाडौं । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी एमालेको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
आइतबार बिहान भक्तपुरको बालकोटस्थित...

यू-१९ प्रिमियर कप : नेपालले बहराइनलाई ७ विकेटले हरायो

काठमाडौं । नेपालले जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो । बहराइनलाई ७७ रनमा समेटेको नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो...

आज सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढेको छ ।
सुन आज तोलाको १ लाख १३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुन तोलामा १ लाख १० हजार एक सय रुपैयाँ...

विश्वकप क्रिकेट : आज इंग्ल्यान्डले अफगानिस्तानको सामना गर्दै

काठमाडौँ ।  भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्यान्डले अफगानिस्तानको सामना गर्दैछ ।
इंग्ल्यान्ड र अफगानिस्तानबीचको खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट...