Latest Articles

प्रतिनिधि सभा बैठक जारी

काठमाडौं ।  सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको बैठक पुनः सुचारु भएको छ । यसअघि ११ बजे सुरु भएको प्रतिनिधि सभाको बैठक आधि घण्टाको...

सयौं रोपनी सार्वजनिक जग्गा हिनामिनामा गरेको भन्दै नगरप्रमुखविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । दुई सय ५० रोपनी सार्वजनिक जग्गा हिनामिनामा संलग्न भएको भन्दै गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
महर्जनले पदको दुरुपयोग गरेर आर्थिक लाभ हासिल गरी...

हिमालको उचाइ बढेझैं नेपाल र भारतको सम्बन्ध झनझन् बढिराखेको छ : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल-भारतबीचको सम्बन्ध हिमालको उचाइजस्तै दिनदिनै बढिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन...

मन्त्री सिंहको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गरिँदै

काठमाडौं । कार दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीवहादुर सिंहको पार्थिव शरीरलाई धनगढीको रंगशालामा राखेर श्रद्धाञ्जली अर्पण भइरहेको छ।
सुदूरपश्चिम सरकारका मन्त्री, प्रदेश सभा सासंद...

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आधि घण्टाको लागि बैठक स्थगित गरेका हुन्।
बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर मृत्यु...

योगलाई आधुनिक शिक्षाको एउटा अंग बनाउनुपर्छ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले योगलाई आधुनिक शिक्षाको एउटा अंग बनाउपर्ने बताएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय योग दिवस २०२३ को सन्दर्भमा कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले...

अरबौँ रकम भ्रष्टाचार, कर फर्स्योट आयोगका तीनै जनालाई नौ वर्ष कैद

काठमाडौं । कर फर्स्योट आयोगमा अरबौँ रकमको भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले सजाय निर्धारण गर्दै ६ अर्ब रुपैयाँभन्दा बढी बिगो भराउने फैसला गरेको छ । साथै तीनैजना प्रतिवादीहरूलाई न्यूनतम नौ वर्ष कैद हुने फैसला सुनाइएको...

आज घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन–चाँदीको भाउ घटेको छ । सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन...