काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो वा त्यो नाममा रुसलाई धम्क्याईरहेका छन् । आफूलाई शक्तिशाली राष्ट्रका रुपमा कायम राखिराख्न अमेरिकी राष्ट्रपटि ट्रम्पले रुसलाई धम्की दिएका हुन् । राष्ट्रपटि ट्रम्पको धम्कीबाट रुस डराउने वाला छैन । बरु अमेरिकी साम्राज्यवादबाटका विरुद्ध संघर्ष गर्न तयार रहेको देखिन्छ ।
पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने गरी धम्की दिएका छन् ।
सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।
रुस र युक्रेनको द्धन्द्ध चलिरहेको छ । युक्रेनलाई रुस विरुद्ध संघर्ष गर्न उत्प्रेरित गर्ने कार्य अमेरिकाले शुरु देखि नै गर्दै आएको हो । अमेरिकाले आफ्नो हतियार सहज रुपमा विक्री गर्न र ती हतियार रुस विरुद्ध प्रयोग होस् भन्ने हेतुले पनि युक्रेनको समर्थन गरे जस्तै गरी रुस विरुद्ध लागेको स्पष्ट देखिन्छ ।
अमेरिकी सत्ताको दादागिरी विरुद्ध रुस सक्रिय रहेका कारण अमेरिकाले अहिले सतप्रतिशत भन्सार लगाउने धम्की दिएर रुसलाई कमजोर बनाउने प्रयास गरेको छ । तर अमेरिकाको यो धम्कीदेखि रुस डराउने छैन ।
रुस र युक्रेनसँगको यो युद्धमा लगभग तीन खर्ब ५० अर्ब अमेरिकी डलर खर्च गरिसकेको राष्ट्रपति ट्रम्पले स्वीकार गरेका छन् । आखिर अमेरिकाले रुस विरुद्ध किन यत्रो खर्च गरेर युक्रेनलाई युद्ध गर्न उक्साउने काम गरेको हो भन्ने कुरा स्पष्ट छ ।
यो युद्धलाई ट्रम्पले आफ्नो नभएर वाइडेनको युद्ध भएको अभिव्यक्ति पनि दिएका छन् । ट्रम्पको अभिव्यक्तिले के पनि प्रष्ट पार्दछ भने अमेरिका रुस विरुद्ध युक्रेनलाई प्रयोग गरिरहेको छ ।
यसवीच ट्रम्पले एउटा सम्झौता पनि गरेका छन् । सो सम्झौताअन्तर्गत नाटोले अमेरिकाबाट हतियार खरिद गर्नेछ र ती हतियार रुससँग चलिरहेको युद्धको बीचमा युक्रेनलाई वितरण गर्नेछ ।


Add Comment