Latest Articles

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त...

कार्यकर्तालाई ओलीको आग्रह : बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
वर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै ओलीले कार्यकर्तालाई यस्तो निर्देशन दिएका...

दोहोरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

काठमाडौं । दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले कञ्चनपुरमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय...

आफ्नै घरमा मृत भेटिए चर्चित गायक रविन तामाङ

काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका थिए ।
तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका...

अब गण्डकी प्रदेशमा हरेक महिना सांसदहरूले मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने

काठमाडौं । अब गण्डकी प्रदेशमा हरेक महिना सांसदहरूले प्रदेशसभामा मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएका छन् । प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समितिले प्रत्येक महिना प्रश्नोत्तरको व्यवस्था गर्न सिफारिस...

टिप्परको ठक्करबाट आमा–छोरीको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा टिप्परको ठक्करबाट घाइते भएकी २२ वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको थियो।
मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा ना १ ख १९०७ नम्बरको कान्छाराम कन्ट्रक्सनको टिप्परले आमा–छोरी सवार को १४ प...

बाढी पहिरोका कारण ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा सडक एकतर्फी सञ्चालन

काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।
विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्...

बालेनले व्यङ्गय गर्दै गगनलाई भने : बोलेको कुरा पूरा गर्नुस्

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले एक दिन अघि शैक्षिक संस्थालाई राजनीतिबाट बाहिर राख्नुपर्ने भनेर दिएको अभिव्यक्ति पूरा गरेर देखाउन आग्रह गरेका छन्...

विश्वकप छनोटमा नेपाल आठौँ

काठमाडौं । नेपाल जिम्बावेमा जारी विश्वकप छनोटमा आठौँ भएको छ ।
सातौँ स्थानका लागि भएको खेलमा आयरल्यान्डले नेपाललाई २ विकेटले हरायो। नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो...

फिल्म हल र क्यासिनोको टिकट डिजिटाइज गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो ।
मंगलबार...