Latest Articles

प्रहरीको साइबर ब्युरोले भन्यो: सामाजिक सञ्जालमा जथाभावी नलेख्नू, कारबाही हुन्छ

काठमाडौं ।  नेपाल प्रहरीले सामाजिक सञ्जालमा जथावाभी नलेख्न र प्रकाशन नगर्न आग्रह गरेको छ ।
प्रहरीको साइबर ब्युरोले बुधबार एक सूचना जारी गर्दै सामाजिक सद्‌भाव भड्काउने, राष्ट्रिय अखण्डतामा खलल पार्ने, शान्ति सुरक्षा भंग...

मन्त्रिपरिषद्को निर्णय : जर्मन र रोमानिया सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने

काठमाडौं । सरकारले र जर्मन र रोमानिया सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता...

गगन थापाको अपिल : धार्मिक, सामाजिक सद्भाव कायम राख्नु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सद्भाव कायम राख्न अपिल गरेका छन् । उनले विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय...

सरकारलाई संसदीय समितिको निर्देशन: सुपथ मूल्यका पसल दुर्गम क्षेत्रमा पनि सञ्चालन गर्नू

काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा नुन, चिनी, चामल, दाललगायतका अत्यावश्यक वस्तुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा...

११ किलो सुन तस्करी प्रकरण : एक जना चिनियाँ पक्राउ

काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । दोलखामा बरामद गरिएको ११ किलो सुन तस्करी प्रकरण काठमाडौंं बस्दै आएका तासी दावाका नामले परिचित ६६ वर्षीय आगर लामालाई प्रहरीले पक्राउ गरेको हो ।
यो...

एसीसी यू १९ प्रिमियर कप : देव खनालको कप्तानीमा टिम घोषणा

काठमाडौं । एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार टिम घोषणा गरेको हो ।
टिमको कप्तानीको जिम्मेवारी देव खनालले पाएका छन् । क्यानले उनको कप्तानीमा १४...

सिक्किममा बाढीका कारण तीनजनाको मृत्यु, १५ हजार भन्दा बढी मानिस प्रभावित

काठमाडौं । भारतको सिक्किम राज्यमा बुधबार बिहान आएको बाढीका कारण तीनजनाको मृत्यु भएको छ । बाढीबाट १५ हजारभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ ।
सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसएसडीएमए) ले उद्धार र राहतका क्रममा...

भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिने

काठमाडौं । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’...

गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा इन्जिनियर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले इन्जिनियर...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध...